नेपाली

सी चिनफिङद्वारा चिनियाँ अर्थतन्त्रको हरित विकासमा जोड

cri2023-07-19 09:59:09

चीनको राष्ट्रिय पर्यावरणीय संरक्षण अधिवेशन जुलाई १७ देखि १८ सम्म पैचिङमा आयोजित भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त अधिवेशनमा सहभागी भएर‘सुन्दर चीन’निर्माण गर्ने कदमलाई व्यवस्थापन गर्दै हरित कम कार्बुन शृङ्खलाबद्ध आर्थिक प्रणालीको स्थापना गर्ने र मानव जाति तथा प्रकृतिबीचको मेलमिलापयुक्त सहअस्थित्व आधुनिकीकरण अघि बढाउने विचार प्रस्तुत गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई नेतृत्व गरेर चिनियाँ शैलीको आधुनिकीकरण पश्चिमा आधुनिकीकरणको तुलनामा एउटा विशेषता भनेको वातावरणलाई बलिदान गरेर परम्परा औद्योगिकीकरण बाटो त्यागी एउटा पर्यावरणीय वातावरणलाई प्राथमिकता दिएर हरित विकास बाटोमा हिँड्दै छ।

सर्वप्रथम‘हरित जीडीपी’विचारको प्रस्तुत गरेका विद्वान, अमेरिका राष्ट्रिय मानव र संस्कृति प्रतिष्ठानका प्रोफेसर जोन बी कोब जुनियरले चीनले विश्व पर्यावरणीय सभ्यताको निर्माणमा आशा पुर्याएको ठान्नु भएको छ। संयुक्त राष्ट्र संघ वातावरण योजना विभागका प्रमुख एरिक सोल्हेमले चीनको चच्याङ प्रान्तको विकास देखेर चच्याङ प्रान्तमा वातावरणको संरक्षण, आर्थिक विकास, रोजगारीको वृद्धि, नागरिकको स्वास्थ्य तथा ग्रामिण क्षेत्रको पर्यटन विभिन्न क्षेत्रको दिगो विकासलाई साकार तुल्याएको औँल्याउनु भएको छ।

Close
Messenger Pinterest LinkedIn