नेपाली

सी चिनफिङ र फिलिपिन्सका राष्ट्रपति मार्कोसबीच भेटवार्ता

cri2023-01-05 09:39:33

जनवरी ४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन वृहत् सभा भवनमा चीनको भ्रमणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोससँग भेटवार्ता गर्नुभएको छ।

सीले मार्कोसलाई फिलिपिन्सको राष्ट्रपतिको पद सम्हाल्नुभएपछि पहिलो पटक चीनको भ्रमणमा स्वागत गर्नुभएको हो। वार्तामा, सीले चीन र फिलिपिन्स छिमेकी मुलुक भएको भन्दै चीनले फिलिपिन्सलाई छिमेकी कूटनीतिको प्राथमिकतामा राखेको बताउनुभयो। सीले मार्कोससँग रणनीतिक सम्पर्कलाई कायम राख्ने, द्विपक्षीय सम्बन्धको विकासको योजना बनाउने, दुई मुलुकका जनतालाई लाभ दिने, क्षेत्रीय शान्ति र स्थिरताका लागि सकारात्मक शक्ति पुर्याउने आशा व्यक्त गर्नुभयो।

सीकाअनुसार, चीनले फिलिपिन्सबाट कृषि उपज र मत्स्य उत्पादन-वस्तुको आयातको निरन्तर रुपमा विस्तार गर्ने तथा चिनियाँ उद्योग-व्यवसायीलाई लगानी लगाउन फिलिपिन्स जान समर्थन दिने छ।

मार्कोसले चीनको भ्रमण गर्नपाएकोमा खुशी व्यक्त गर्नुभयो। फिलिपिन्सले एक चीनको नीति पालना गरेको बताउँदै चीनसँग पेट्रोल र ग्याँसको विकासबारे छलफल पुनःशुरू गर्ने आशा लिएको पनि व्यक्त गर्नुभयो। मार्कोसले फिलिपिन्सको महामारीविरुद्धका लागि चीनले दिएको मूल्यवान मद्दतप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले महामारीपछि चिनियाँ नागरिक अध्ययन तथा पर्यटनकालागि फिलिपिन्स जाने प्रतिक्षामा रहेको पनि व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn