नेपाली

सिन्ह्वाद्वारा विशेष लेख प्रकाशित गरी सी विचार र शासन सिद्धान्तको व्याख्या

cri2022-10-26 15:14:32

अक्टोबर २५ तारिख, चीनको राष्ट्रिय समाचार समिति सिन्ह्वाले एउटा विशेष लेख‘नयाँ यात्राका नेता सी चिनफिङ’प्रकाशन गरेको छ। उक्त विशेष लेखमा चीनका सर्वोच्च नेता सी चिनफिङको काम र जीवनको विवरण तथा उहाँको राष्ट्रिय शासनको विचारधारा र सिद्धान्तको व्याख्या गरिएको छ।

उक्त लेखका अनुसार, दश वर्षअगाडि सी चिनफिङले राष्ट्राध्यक्षको पदमा आउँदा, चीन विश्वको दोस्रो ठूलो आर्थिक समुदाय भएता पनि भ्रष्टाचार, वातावरणको प्रदूषण,गरिव र धनी समूहबीचको अन्तर ठूलो भएको आदि चुनौती थिए। सी चिनफिङले सम्पूर्ण रुपमा कडा रूपमा पार्टीको शासन गर्ने रणनीतिको प्रस्तुत गर्नुभएकाले सत्तारूढ पार्टीको दिगो विकासलाई मुख्य भूमिका निर्वाह गरेको छ। उहाँले औँल्याउनुभएको छः चीनको प्रजातन्त्र पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्र हो, औपचारिकता मात्रको प्रजातन्त्र होइन। पहिलो संविधानसमक्ष शपथ ग्रहण गर्नुभएका चीनका राष्ट्राध्यक्षका रूपमा उहाँले प्रबर्द्धन गर्नुभएको कानुनअनुसार मुलुकको शासन गर्ने रणनीति एउटा गहिरो क्रान्ति हो। उहाँले‘जनता केन्द्रित विकास गर्ने’उद्देश्य लिएर सिर्जना, समन्वय, हरित, खुला, संयुक्त शेयर गर्ने नयाँ विकसित विचार प्रस्तुत गरी सम्पूर्ण जनताको साझा समृद्धि साकार तुल्याउनु भएको छ।

Close
Messenger Pinterest LinkedIn