नेपाली

सी चिनफिङबाट प्रस्तुत स्वच्छ पानी र हरियो पहाड सुन र चाँदी हुन्

CRI2022-10-02 17:05:57

युछुन चिनियाँ चच्याङ प्रान्तको एउटा सानो गाउँ हो। गत शताब्दीमा समृद्धिका लागि गाउँलेहरूले स्थानीय पहाडको प्रयोग गरेर सिमेन्ट कारखाना स्थापना गरेका थिए। तर धनी बने तापनि स्थानीय नदी र आकाश पनि फोहोर बनेका छन्। सन् २००३ चच्याङ प्रान्तका तत्कालीन प्रथम नेता सी चिनफिङले पूरै प्रान्तमा पर्यावरणीय निर्माण सुरू गर्नुभयो।

प्रदूषण बढी भएका हुनाले युछुन गाउँले प्रजातान्त्रिक छलफलमार्फत् तीन खानी क्षेत्र, एउटा सिमेन्ट कारखाना बन्द गरेको थियो।

सन् २००५ मा सी चिनफिङले युछुन गाउँको भ्रमण र अनुसन्धान गर्दै यस्तो कार्यलाई समर्थन र सक्रिय मूल्यांकन गर्नुभएको थियो। उहाँका अनुसार, विकास विविध प्रकारका छन्। दिगो विकास गर्नुपर्छ। स्वच्छ पानी र हरियो पहाड सुन र चाँदी हुन्।

उहाँले युछुन गाउँको अवस्था बमोजिम पर्यटनको विकास योजनाका लागि पनि समर्थन र सुझाव दिनुभएको थियो।

त्यसपछि सी चिनफिङले “च च्याङ दैनिक”मा “स्वच्छ पानी र हरियो पहाड सुन र चाँदी हुन्” शिर्षकको टिप्पणी प्रकशित गर्नुभएको थियो।

सन् २०२० राष्ट्राध्यक्ष सीले युछुन गाउँको फेरि भ्रमण गर्दा स्थानीय वातावरण सुधार हुनुका साथै सर्वसाधारणको जीवन पनि झन राम्रो बनेको पाउनुभयो।

Close
Messenger Pinterest LinkedIn