नेपाली

उहाँद्वारा सर्वसाधारणलाई राम्रो जीवन सिर्जनाको निर्देशन

cri2022-08-22 15:10:06

गत शताब्दीको ७० को दशकमा ह पै प्रान्तको चङतिङ जिल्ला चीनको उत्तरी भागको पहिलो ठूलो अन्न उत्पादन जिल्ला भएको कारणले नामी बनेको थियो। तापनि केवल खाद्य बालीको रोपणको कारण स्थानीय बासिन्दाको आम्दानी कम थियो। यस्तो प्रचुर उत्पादन हुने तर गरिब जिल्लाप्रति त्यो समयमा यहाँ काम गर्नुभएको सी चिनफिङले यसरी भन्नुभएको थियो: “राष्ट्रिय उच्च उत्पादन मात्रा जिल्ला”भन्ने राम्रो नाम हराउनुभन्दा जनतालाई राम्रो जीवन सिर्जना गर्नु महत्वपूर्ण छ।

सीले तीन महिनाको सर्वेक्षण तथा अनुसन्धान गरेपछि चङतिङ जिल्लाको विशेष भौगोलिक स्थानको प्रयोग गर्दै सुधार नीति प्रस्तुत गर्नुभएको थियो।

गाउँ र शहरबीचको सम्पर्कलाई घनिष्ट बनाउँदै कृषि,उद्योग,वाणिज्यबाट मिलाइएको शैली निरन्तर रुपमा सञ्चालन गरिएको थियो। चङतिङ जिल्लाका बासिन्दाहरुले आफ्नो श्रम शक्ति,समय,कृषि उत्पादन बस्तुको पूर्ण प्रयोग गर्दै राम्रो जीवन सिर्जना गरेका देखिन्छन्।

“जनतालाई राम्रो जीवन सिर्जना गर्नु”नै राष्ट्राध्यक्ष सीले तत्कालीन चङतिङ जिल्लामा सुधारका लागि जन्माएको विचार हो। यो विचार त्यसपछिका विभिन्न कार्य प्रवर्द्धन गर्ने आधार समेत बनेको छ।

Close
Messenger Pinterest LinkedIn