नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ र बालबालिकाहरू: ठूला मित्र र साना मित्रहरू

CRI2022-05-31 11:59:38

जुन १ तारिख अन्तर्राष्ट्रिय बाल दिवस हो। बालबालिकाको ठूलो मित्रको रूपमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सधैँ यी बालबालिकामाथि ध्यान दिनुभएको छ। केही फोटोमार्फत् ठूला मित्र र साना मित्रहरूको भेटघाटको दृश्य हेर्नुहोस् :

चश्मा, ठूलो मान्छेको मनमा ठूलो चिन्ता

सन् २०२० अप्रिलमा राष्ट्राध्यक्ष सी चिनफिङले पल्लो शान्सी प्रान्तीय फिङली जिल्लामा अवस्थित एक स्कूलको निरीक्षण गर्नुभएको थियो। उहाँले बालबालिकाको अध्ययन र जीवनयापनबारे विस्तृत रूपमा जानकारी लिनुभएको थियो।थोरै बालबालिकाले मात्र चश्मा लगाएको अवस्था देखेर राष्ट्राध्यक्ष सीले सन्तुष्टिका साथ भन्नुभयो: "अहिले यी बालबालिकाहरू धेरै राम्रा छन्। धेरैले चस्मा लगाएका छैनन्, यो निकै महत्त्वपूर्ण छ।"

यसअघि, राष्ट्राध्यक्ष सी चिनफिङले धेरै पटक जोड दिँदै भन्नुभएको छ, "हालका बालबालिकाहरू सामान्यतया चश्मा लगाउँछन्, यो मेरो चिन्ताको विषय हो।", "सम्पूर्ण समाजले बालबालिकाको आँखाको हेरचाह गरी उनीहरूको उज्ज्वल भविष्यको लागि कदम चाल्नुपर्छ।"

बालबालिकाको खानपान र स्वास्थ्यमाथि ख्याल

सन् २०१९ अप्रिलमा राष्ट्राध्यक्ष सी चिनफिङले छोङछिङको भ्रमण क्रममा शचु तुच्या जातीय स्वायत्त जिल्लाको एउटा स्कुलको निरीक्षण गर्नुभएको थियो।उहाँले विशेष गरी शिक्षक र विद्यार्थीको भोजनालय र भान्छाको निरीक्षण गरेर गरीब विद्यार्थीको खानपान भत्ता र खाद्य सुरक्षा तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो।

यसै गरी, सन् २०२० अप्रिलमा पल्लो शान्सी प्रान्तीय फिङली जिल्लाको स्कुलको भ्रमण गर्दा पनि सीले पनि उक्त स्कुलको भोजनालयको निरीक्षण गर्नुभएको थियो। स्वच्छ, सफा खाने वातावरण र सुगन्धित खानाले सीलाई निकै खुसी बनाएको थियो। उहाँले टेबलवेयरको राम्ररी सफा गर्नुका साथै र विद्यार्थीका लागि पौष्टिक खाना तयार गर्न आग्रह गर्नुभएको थियो।

विद्यार्थीको शारीरिक स्वास्थ्यमा ध्यान

सन् २०१६ सेप्टेम्बरमा राष्ट्राध्यक्ष सी चिनफिङ आफूले पढेको स्कूल पैचिङ पायी स्कूल जानुभएको थियो। सो क्रममा खेलमैदानमा तालिम लिइरहेका साना खेलाडीलाई उहाँले भन्नुभयो, “हेर, अहिले मेरो शरिर धेरै राम्रो छ, यो सानैमा खेलकुदले बनाएको आधार हो। राम्रो व्यवहार तथा इच्छाशक्तिको अभ्यास गर्न खेलकुदले महत्वपूर्ण भूमिका खेलेको हुन्छ।

यस्तै, सन् २०१७ फेब्रुअरीमा सी चिनफिङले पैचिङमा युवा आइस हक्की र फिगर स्केटिङको प्रशिक्षणको अवलोकन गर्नुभएको थियो। उहाँले व्यायाममार्फत् बलिष्ठ शरीरको विकास गर्न प्रोत्साहन गर्नुभएको थियो।

बालबालिकालाई रचनात्मक हुन प्रोत्साहन

सन् २०१३ मेमा सी चिनफिङले "ठूलो साथी" को नाममा चीनका बालबालिकालाई बाल दिवसको शुभकामना दिनुभएको थियो।

सन् २०१५ जुन १ तारिख चिनियाँ बालबालिकाका प्रतिनिधिहरूसँगको भेटमा राष्ट्राध्यक्ष सी चिनफिङले "सानैदेखि सिक्ने र सिर्जना गर्ने" कुरामा जोड दिनुभएको थियो।

Close
Messenger Pinterest LinkedIn