नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङको‘नयाँ शैलीको अन्तर्राष्ट्रिय सम्बन्ध’विचारधारा प्रस्तुत भएको ९ वर्ष

cri2022-03-23 10:23:35

९ वर्ष अगाडि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मस्को अन्तर्राष्ट्रिय सम्बन्ध कलेजलाई सम्बोधन गर्दै विश्वका विभिन्न मुलुकले सहयोग र साझा विजय केन्द्रीत नयाँ शैलीको अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना गर्ने संयुक्त प्रयास गर्नुपर्ने बताउनुभएको थियो। त्यसपछि नयाँ शैलीको अन्तर्राष्ट्रिय सम्बन्ध विचारधारा चीनले अन्तर्राष्ट्रिय मामिलाको सामना गर्ने नियम र सिद्धान्त बनिसकेको छ।

नयाँ शैलीको अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ के छ? चीनको राज्य परिषद्का सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले पहिले यसरी व्याख्या गर्नुभयोः विरोधको ठाउँमा सहयोग गर्ने, प्रभूत्व जमाउने ठाउँमा साझा विजयको भावना लिने उक्त विचारधाराको मुख्य विषय हो।

हाल, कोरोना महामारी विश्वमा फैलिरहेको अवस्थामा मानव समाज यसबाट गहिरो रूपमा प्रभावित भएको छ। जसबाट विश्व डाँवाडोल र अस्थिर परिस्थितिमा देखिन्छ। विभिन्न मुलुकका जनताले शान्तिपूर्ण विकासको ठूलो अपेक्षा लिनुका साथै निष्पक्ष र न्याय खोजिरहेका छन्। त्यसैले विभिन्न मुलुकको सहयोग र साझा विजयको प्रारूपमा शान्तिपूर्ण सहअस्तित्व मात्रै जनताको हितअनुकूल रहने छ।

Close
Messenger Pinterest LinkedIn