नेपाली

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा कृषि, सामाजिक कल्याण र सामाजिक सुरक्षाका क्षेत्रको विषयमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्यहरूसँग भेट

cri2022-03-07 10:38:38

मार्च ६ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले तेह्रौँ चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको पाँचौँ अधिवेशनमा सहभागी हुँदै कृषि क्षेत्र, सामाजिक कल्याण र सामाजिक सुरक्षा क्षेत्रका सदस्यहरूसँग भेटघाट गर्नुभएको छ। उहाँले चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको तेह्रौँ राष्ट्रिय समितिद्वारा आयोजित संयुक्त समूह बैठकमा राय र सुझावहरू सुन्नकालागि पनि भाग लिनुभएको थियो।

उहाँले ग्रामीण पुनरुत्थान रणनीतिको कार्यान्वयनमा कृषि उत्पादन, विशेषगरी खाद्यान्नको आपूर्ति सुनिश्चित गर्ने र व्यापक कृषि उत्पादन क्षमतालाई पहिलो स्थानमा पुर्‍याउन निरन्तर कडा मेहनत गर्न जोड दिनुभयो। सामाजिक सुरक्षा उपक्रमहरूको उच्च-गुणस्तरको विकासलाई बढावा दिन, जन जीवनको कल्याणलाई समर्थन ग‍र्न पनि उहाँले जोड दिनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको स्थायी समितिका सदस्य तथा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ याङले पनि उक्त बैठकमा भाग लिनुभएको थियो।

Close
Messenger Pinterest LinkedIn