नेपाली

सीद्वारा विभिन्न नेतागणसँग भेटवार्ता #चिनियाँराष्ट्राध्यक्ष

cri2022-02-06 16:00:03

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी ५ तारिख जन बृहत् सभा भवनमा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुन आउनुभएका संयुक्त राष्ट्र संघका महासचिव आन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको छ।

सी चिनफिङले चीनले संयुक्त राष्ट्र संघको कार्यमा दृढताका साथ समर्थन दिएर विश्वको शान्ति र विकासको संरक्षण गर्न र मानव भाग्य समुदायको रचना गर्न नयाँ योगदान गर्ने धारणा व्यक्त गर्नुभयो। सीले वर्तमान र भविष्यमा विश्वसमक्ष तीन वटा प्रमुख कार्य अर्थात् एकजुट भएर महामारीको नियन्त्रण गर्ने, विकासलाई बढाउने, प्रजातन्त्रलाई फैलाउने जिम्मेवारी रहेको उल्लेख गर्नुभयो।

जवाफमा गुटेरेसले चीनले यति ठूलो तथा सुरक्षित हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्नु नै निकै अद्भुत कुरा हो भन्दै संयुक्त राष्ट्र संघले चीनसँग सहयोगलाई बढाउने अपेक्षा लिनुका साथै चीनले अन्तर्राष्ट्रिय व्यवस्था सुधार लगायत महत्वपूर्ण विषयमा अरू भूमिका निर्वाह गर्ने आशा आफूले लिएको बताउनुभयो।

यसबाहेक ५ र ६ तारिख सी चिनफिङले बेग्ला बेग्लै गरी जन बृहत् सभा भवनमा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुन आउनुभएका ताजिकिस्तानका राष्ट्रपति एमोमाली राहमोन, संयुक्त अरब इमिरेट्स अबु धाबीका राजकुमार शेख मोहम्मद बिन जायद अल नाह्यान, कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट टोकायेभ, सिन्गापुरका राष्ट्रपति हालिमाह याकोब, पाकिस्तानका प्रधानमन्त्री एम्रान खान, पोल्याण्डका राष्ट्रपति आन्ड्रजेज डुदा, अर्जेन्टिनाका राष्ट्रपति एल्बर्टो फेर्नान्डेजसँग भेट-वार्ता गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn