नेपाली

मकाउ विशेष प्रशासक ह यीछङको कार्य प्रतिवेदन प्रस्तुतीमा राष्ट्राध्यक्ष सी चिनफिङ

cri2021-12-23 14:36:37

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ डिसेम्बर २२ तारिख पैचिङमा मकाउ विशेष प्रशासक ह यीछङद्वारा प्रस्तुत मकाउको वर्तमान परिस्थिति तथा विशेष प्रशासनिक क्षेत्रीय सरकारको कार्य प्रतिवेदनमा उपस्थित हुनुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले भन्नुभयो, ‘डिसेम्बर २० तारिख मकाउ विशेष प्रशासनिक क्षेत्र मातृभूमिमा समाहित भएको २२ औँ वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ। मकाउ देशबन्धुहरूलाई दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।’

साथै राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ, ‘बितेको वर्षमा मकाउले विकासको राम्रो प्रवृत्तिलाई कायम राखिरहेको छ। केन्द्रीय सरकारले प्रशासक ह लगायत विशेष प्रशासनिक क्षेत्रीय सरकारको कार्यको पूर्ण रूपमा सकारात्मक मूल्याङ्कन गरेको छ। मातृभूमिले मकाउको दीर्घकालीन समृद्धि तथा स्थिरताको लागि सधैँ नै समर्थन दिँदैजाने छ र एक देश दुई व्यवस्थाको नीतिको पालना गर्दै केन्द्रीय सरकारले मकाउमा अर्थतन्त्रको उचित बहुआयामिक विकासको समर्थन दिँदैजाने छ।’

Close
Messenger Pinterest LinkedIn