नेपाली

बुढापाकालाई सम्मान गर्ने सी चिनफिङ #चिनियाँराष्ट्राध्यक्ष

cri2021-10-13 15:06:39

चिनियाँ पात्रोअनुसार, नवौँ महिनाको नवौँ दिन छुङयाङ पर्व अर्थात वृद्ध दिवस हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले वृद्धवृद्धाहरूकालागि सुखद वृद्धकालकालागि वातावरण दिनुभएको छ। साथै वृद्धवृद्धालाई माया गर्ने, सम्मान गर्ने, सहयोग गर्ने कुरामा राष्ट्राध्यक्ष सी चिनफिङले हामीलाई नमूना प्रदान गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङका आमा छी सिनले आफ्नो श्रीमान् तथा सीका पिता सी चुङस्युङबारे सम्झना शीर्षकमा एउटा पुस्तक समेत लेख्नुभएको छ। उक्त पुस्तकमा यस्तो लेखिएको छ, सन् २००१ अक्टोबर १५ तारिखका दिन सी चुङस्युङको ८८ औँ जन्म दिवस समारोहमा तत्कालीन फुच्येन प्रान्तका प्रमुख सी चिनफिङ कार्य व्यस्तताका कारण उपस्थित हुनुभएन त्यसैले सीले बुवालाई चिट्ठी लेख्नुभयो।

चिट्ठीमा बुवाआमासम्बन्धी बुझाइ र बुवाआमासँगको भावना एकै प्रकारको र अझै गहन हुँदैगएको लेखिएको थियो। उक्त चिट्ठीबाट सी चिनफिङले बुवालाई माफी पनि गरेको तथा सम्मान पनि व्यक्त गरेको देखिन्छ।

यसबाहेक, राष्ट्राध्यक्ष सी चिनफिङले वृद्ध कमरेड र कार्यकर्ताको निकै सम्मान र ख्यालबिचार गर्नुहुन्छ। उहाँले भन्नुभएको छ, चीन वृद्ध समाजमा प्रवेश गरिसकेको छ, वृद्धवृद्धाको हेरचाह गर्ने, सुखमय जीवन प्रदान गर्ने, दीर्घायु र सुस्वास्थ्य रहोस् भन्ने हाम्रो साझा इच्छा हो।

Close
Messenger Pinterest LinkedIn