नेपाली

काउ सी कौ गाउँको हरित परिवर्तन

cri2021-09-15 15:13:34

पल्लो शान सी प्रान्तको युलिन शहरको निरीक्षण भ्रमणमा रहनुभएका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर १३ तारिख मिच जिल्लामा अवस्थित काउ सी कौ गाउँ पुगी भूक्षयको रोकथाम र पर्यावरणीय सभ्यताको निर्माण अवस्थाको निरीक्षण गर्नुभएको छ।

६० वर्षभन्दा लामो समयदेखिको पर्यावरण विकासपछि पहिलेको पर्यावरणीय वातावरण निकै कमजोर रहेको काउ सी कौ गाउँ अहिले एउटा रमणीय गाउँ स्वरूपमा परिणत भएको छ।

हाल काउ सी कौ गाउँले सक्रियताका साथ फलफुल र नगदेबाली रोप्नुका साथै पर्यावरणीय पर्यटन व्यवसायको विकास गर्दै पर्यावरण र अर्थतन्त्रसित अनुकूल हुने बाटोको सिर्जना गर्दै आएको छ। काउ सी कौ गाउँको हरित परिवर्तनबाट चीनको पीत पठारभूमिको पर्यावरणीय संरक्षणका लागि एउटा जिवन्त उदाहरण पनि देखाइएको छ।

Close
Messenger Pinterest LinkedIn