नेपाली

आश्चर्यलाग्दो साइ हान पा

cri2021-08-25 15:07:38

हाल चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हपै प्रान्तको उत्तरी भागमा अवस्थित हरितमणि मानिने साइ हान पा मानव बन क्षेत्रको निरीक्षण गर्नुभएको छ। त्यो बन क्षेत्र पैचिङ र थेन चिन सहरलाई समेत संरक्षण गर्ने महत्वपूर्ण पर्यावरणीय पेटी पनि हो। आधा शताब्दीअघिसम्म त्यहाँ हजारौँ वर्ग किलोमिटरको मरूभूमि थियो।

सन् १९६२ मा पैचिङसम्म पुग्ने गम्भीर बालुवा आँधीलाई रोक्नका लागि चीनको बन मन्त्रालयले साइ हान पा बन क्षेत्रको स्थापना गरेको थियो। त्यस बेला चीनका १८ वटा प्रान्तबाट आएका करिब २४ वर्ष उमेरका जम्मा ३ सय ६९ जना युवायुवतीहरूले साइ हान पाको उच्च पहाडी क्षेत्रमा मानव बन क्षेत्रको निर्माणको निकै जटिल र अप्ठ्यारो कार्य थालेका थिए। उनीहरूले अथक प्रयासमार्फत एकदमै जटिल भौगोलिक स्थितिमा आश्चर्यलाग्दो मानव बनको निर्माण गरेका छन्।

यस पटकको निरीक्षण क्रममा राष्ट्राध्यक्ष सीले साइ हान पा भावनाको राम्रोसँग प्रचार प्रसार गर्दै जान चिनियाँ कम्युनिष्ट पार्टीका सबै सदस्य र देशका सबै जनतालाई आह्रान गर्नुभएको छ।

चालु वर्षयता राष्ट्राध्यक्ष सी चिनफिङले क्षेत्रीय निरीक्षणको क्रममा पर्यावरणीय विषय समेट्नुभएको यो ८ औँ पटक हो।

Close
Messenger Pinterest LinkedIn