नेपाली

सी चिन फिङद्वारा शन चौ १२ नम्बरका अन्तरिक्ष यात्रीसँग कुराकानी

cri2021-06-23 17:51:05

जुन २३ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका महासचिव सी चिन फिङले पैचिङ अन्तरिक्ष उडान नियन्त्रण केन्द्र पुगी शन चौ १२ नम्बरका ३ जना अन्तरिक्ष यात्रीसँग आकाश र पृथ्वीबीचको कुराकानी गर्नुभएको छ।

सीले अन्तरिक्ष स्टेशनको निर्माण चीनको अन्तरिक्ष कार्यको एक महत्वपूर्ण कोसेढुँगा भएकाले यसले मानवले अन्तरिक्षको शान्तिपूर्ण रुपमा प्रयोग गर्नका लागि योगदान दिने कुरा बताउनुभयो। उहाँले शन चौ १२ नम्बरका अन्तरिक्ष यात्री टोली नयाँ युगमा चीनको अन्तरिक्ष कार्यमा प्रतिनिधि हुन् भन्दै सबैले सहकार्य गरी कार्यको सफलताका साथ पूरा गर्नसक्ने आशा व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn