नेपाली

राष्ट्राध्यक्ष सीद्वारा तिब्बती गलैंचा कम्पनीको निरीक्षण #चिनियाँराष्ट्राध्यक्ष

cri2021-06-08 11:03:12

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ७ तारिख छिङहाईको निरीक्षण भ्रमण थाल्नुभएको छ। त्यसै दिन दिउँसो उहाँ सिनिङ शहर अवस्थित छिङहाई शङ युआन गलैंचा दल लिमिटेड कम्पनी पुग्नुभई उहाँले व्यवसायीहरूले स्थानीय कच्चा स्रोतको श्रेष्ठतामा भर परेर उत्पादित वस्तुको प्रतिस्पर्धात्मक शक्तिलाई उकासी सर्वसाधारणको रोजगारलाई बढाएको अवस्थाबारे जानकारी लिनुभएको छ।

तिब्बती गलैँचा, पूर्वी गलैँचा र फार्सी गलैँचालाई विश्वका तीन गलैँचाको रूपमा मानिएको छ। छिङ हाइ तिब्बती गलैँचाको जन्मथलो हो। छिङ हाइ तिब्बती गलैँचाको ३००० वर्षभन्दा लामो इतिहास छ।

कृत्रिम बुनाइदेखि कृत्रिम तथा मेशिनको बुनाइसम्म, ब्याच उत्पादनदेखि निजीकृत अनुकूल उत्पादनसम्म विकास गरेको शङ युआन गलैंचा दल लिमिटेड कम्पनीले पछिल्लो अवस्थामा वैज्ञानिक तथा प्राविधिक विचार र परम्परागत उद्योगलाई मिलाएर गलैँचा उत्पादन गर्दैआएको छ। यहाँ उत्पादित गलैँचा अस्ट्रेलिया, युरोप, उत्तर-अमेरिका, मध्य-पूर्वलगायत ४० वटाभन्दा बढी मुलुक र क्षेत्रसम्म विक्री हुनेगरेको छ र सन् २०२० को उत्पादन मूल्य ४.२ करोड चिनियाँ युआन पुगेको छ।

शङ युआन गलैंचा दल लिमिटेड कम्पनीले विश्वमा प्रथम श्रेणी तिब्बती गलैँचा उत्पादन आधारको स्थापना गरी पठारभूमिको विशेष उद्योगलाई विश्वमा नाम बनाउन सफल भएको छ।

Close
Messenger Pinterest LinkedIn