नेपाली

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा चीनको उत्तरमा पानी समस्या समाधान गर्ने “हजार किलोमिटर दूरीको जलरेखा”को निरीक्षण

cri2021-05-14 19:36:58

चीनले उत्तरी क्षेत्रको पानी अभाव समस्याको समाधान गर्नका लागि सन् २००२ देखि दक्षिणी जललाई उत्तरतिर लैजाने परियोजनाको कार्यान्वयन गर्न थालेको थियो। उक्त परियोजनाअनुसार, दक्षिणको प्रशस्त जलस्रोत साधनलाई राजधानी पैचिङलगायतको उत्तरी क्षेत्रतिर पुर्‍याइने छ। उक्त परियोजनाले उत्तरी क्षेत्रका वासिन्दाको खानेपानी समस्याको समाधानका साथै आर्थिक तथा सामाजिक विकासलाई बढाउन ठूलो भूमिका निर्वाह गरेको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले १३ तारिख त्यहाँ निरीक्षण गर्दै उक्त परियोजनाको निर्माण तथा व्यवस्थापन अवस्थाबारे जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn