नेपाली

“थेन ह” नामक कोर मोड्यूल सफलतापूर्वक प्रक्षेपण गरिएको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्वारा बधाई

cri2021-04-29 15:22:52

अप्रिल २९ तारिख ११ बजेर २३ मिनेटजाँदा चीनको पहिलो अन्तरिक्ष केन्द्रको कोर मोड्यूल “थेन ह” सफलतापूर्वक आफ्नो योजनामा प्रवेश गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समीतिका महासचिव, चिनियाँ राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले मानवसहितको अन्तरिक्ष परियोजनाको चरणमा रहेको अन्तरिक्ष केन्द्र उडान मिशनको महाकमाण्ड र यस कार्यमा सहभागी हुनुभएका सबै कर्मचारीहरुलाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सी चिन फिङले अन्तरिक्ष केन्द्र, राष्ट्रिय अन्तरिक्ष प्रयोगशालाको निर्माण देशको मानवसहितको अन्तरिक्ष परियोजनाको "तीन चरण" रणनीतिका महत्वपूर्ण लक्ष्यहरू भएको उल्लेख गर्नुहुँदै विज्ञान तथा प्रविधि र अन्तरिक्ष क्षेत्रमा शक्तिशाली देश निर्माणका लागि यी महत्वपूर्ण अग्रणी परियोजना भएको औंल्याउनुभयो।

थेन ह कोर मोड्युलको सफल प्रक्षेपण चीनको अन्तरिक्ष केन्द्रको निर्माण पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको संकेत भएको र पछिका मिसनहरूका लागि ठोस आधार भएको पनि बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले उल्लेख गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn