नेपाली

राष्ट्राध्यक्ष सी चिन फिङको क्वाङसीको यात्रा, यी चार प्रमुख चिजहरूका नयाँ अर्थ छन्

cri2021-04-28 15:31:24

वसन्तको अन्तमा, चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले क्वाङसी प्रान्तको तीन दिने भ्रमण क्रममा क्वैलिन, ल्यौचौ र नाननिङको निरीक्षण भ्रमण गर्नुभएको छ। स्थानीय विकास र निर्माणलाई प्रोत्साहित गर्दै उहाँले "चीन सरकारको प्रशासन" बारे पनि धेरै बताउनुभएको छ।

क्वाङसीको उत्तरपश्चिमी माउचु गाउँको भ्रमणको क्रममा राष्ट्राध्यक्ष सी चिन फिङले मायालुपूर्वक भन्नुभयो कि मानिसहरूलाई खुशी जीवन बिताउने यो देशको महत्वपूर्ण जिम्मेवारी हो।

गत वर्ष जुनमा राष्ट्राध्यक्ष सी चिन फिङले निङस्यामा बहु-जातीय समुदायको निरीक्षण गर्नुभएको थियो। उहाँले सम्पन्न समाज, गरिबी निवारण तथा आधुनिकीकरण समाजको सपनालाई साकार तुल्याउने क्रममा सबै जाति अटाउने, सबै जातीय समूहका मानिसहरू ठूलो परिवार भएको र सबै मानिस सँगैसँगै हातेमालो गर्दै जानु पर्छ भन्नुभएको थियो। यसै गरी, क्वाङसीको नाननिङ अवस्थित क्वाङसी जातीय सङ्ग्रहालयमा राष्ट्राध्यक्ष सीले भन्नुभयो, गरिबी निवारणको बाटोमा सबैजना अटाउँछ, सबै जाति अटाउँछ। चिनियाँहरू बोल्छन्, चिनियाँ कम्युनिष्ट पार्टी बोल्छ, र चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व जे बोल्छन् त्यो गर्छन्।

क्वाङसीको भ्रमण अघि राष्ट्राध्यक्ष सी चिन फिङले जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो। सम्मेलनमा, उहाँले सन् २०३० सम्ममा कार्बन उत्सर्जनको शिखर बिन्दुमा पुगिने र सन् २०६० सम्ममा कार्बन न्यूनीकरण गरिने चीनको प्रतिबद्धता दोहोर्‍याउनुभएको छ। राष्ट्राध्यक्ष सीले कार्बन उत्सर्जन र कार्बन न्यूनीकरणलाई आर्थिक र सामाजिक विकास र पर्यावरणीय सभ्यता निर्माणको समग्र रूपरेखामा समेट्ने प्रस्ताव राख्नुभएको छ। यसबाट "व्यापक र गहन आर्थिक र सामाजिक प्रणालीगत परिवर्तन" हुनेछ।

Close
Messenger Pinterest LinkedIn