नेपाली

सी चिन फिङद्वारा उद्योगहरूलाई नवीन प्रविधि अपनाउन तथा आत्मनिर्भर बन्न प्रोत्साहित

cri2021-04-27 14:26:32

अप्रिल २६ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको क्वाङसी भ्रमणको दोस्रो दिन हो।

क्वाङसी ल्यौचौ औद्योगिक समूह कम्पनीको निरीक्षण गरिरहनु भएका राष्ट्राध्यक्ष सी चिन फिङले उपकरण निर्माण उद्योगको उच्च गुणवत्ताको विकास अझ महत्त्वपूर्ण छ भन्दै उच्च-स्तरको विकास र नवीनताबाट आत्मनिर्भर हुनसकिने तथा पहिलो स्थानको लागि प्रतिस्पर्धा गर्नसकिने औँल्याउनुभयो।

चामलको पिठो उत्पादन गर्ने कारखानाको भ्रमण क्रममा राष्ट्राध्यक्ष सीले निजी उद्यमको विकासलाई प्रोत्साहन गर्ने तथा निजी उद्यमले कठिनाइको सामना गर्नुपरेमा पार्टी र राज्यले सहयोग गर्ने पनि बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn