नेपाली

चिकित्सा सुधार, वनजंगल सुधार तथा ग्रामीण सम्पदाको अध्ययनमा सी चिनफिङ

cri2021-03-24 09:45:09

मार्च २३ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङको फुच्यान प्रान्तीय भ्रमण जारी छ। उहाँले सानमिङ शहरको शा जिल्ला अस्पताल, शा जिल्ला खाजाले प्रसिद्ध एउटा गाउँ, युपाङ, शा जिल्ला ग्रामीण किनमेल केन्द्रको भ्रमण गर्नुभएको छ। भ्रमणमा सीले स्थानीय चिकित्सा तथा स्वास्थ्य अवस्था सुधार, ग्रामीण पुनरूत्थानको प्रवर्द्धन, वनस्पति अधिकार अवस्थाको सुधारबारे जानकारी लिनुभएको छ।

सन् २०१२मा शानमिङ शहरमा गरिएको चिकित्सा सुधारले चीनमा मात्र नभई विश्व स्वास्थ्य संगठन तथा विश्व बैंकबाट पनि मान्यता तथा स्वीकृति पाएको छ। हालसम्म त्यहाँको चिकित्सा सुधार कदमहरू चीनमा यत्रतत्र फैलिसकेका छन्। शा जिल्ला अस्पतालको स्थापना नै स्थानीय चिकित्सा तथा स्वास्थ्य अवस्था सुधार कदमहरूमध्येको एक हो।

शा जिल्लाको खाजा चीनमा प्रसिद्ध छ। चीनभरि शा जिल्ला खाजा पसलको संख्या ८० हजार भन्दा बढी छ र विश्वका ६२ मुलुक तथा क्षेत्रमा पनि फैलिइसकेको छ।

शा जिल्लाको ग्रामीण सम्पत्ति किनमेल केन्द्रमा सी चिनफिङले वनजंगल अधिकार अवस्थाको सुधारबारे विस्तृत जानकारी लिनुभयो। सन् २००२ मा फुच्यान प्रान्तमा काम गर्दा सीले यसै क्षेत्रको सुधारको नेतृत्व गर्नुभएको थियो। यस सुधारबाट स्थानीय पर्यावरणको राम्रो संरक्षण गरिएको थियो साथै स्थानीय रूख नकाटीकनै समृद्धिको बाटोमा हिंड्न थालिएको थियो। सन् २०१९को अन्तसम्म शानमिङ वनजंगलमा संलग्न कूल उत्पादन परिमाणमा संलग्न रकम ११ हजार ४ सय ६० करोड चिनियाँ युआन पुग्यो भने यस क्षेत्रमा प्रतिव्यक्ति खुद्रा आम्दानी ५ हजार चिनियाँ युआन भन्दा बढी पुगेको थियो।

Close
Messenger Pinterest LinkedIn