नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ऊ यी पहाड राष्ट्रिय गौरव भएको भन्दै प्रशंसा

cri2021-03-23 15:28:25

मार्च २२ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले फु च्येन प्रान्तको निरीक्षण गर्नुभएको छ। “चौधौं पञ्च वर्षीय योजना”को रुपरेखा पारित भएपछि महासचिव सीले स्वदेशभित्र गर्नुभएको यो निरीक्षण नै पहिलो हो।

२२ तारिख दिउँसो ऊ यी पहाडको निरीक्षणका दौरान महासचिव सीले पर्यटकसँग भेट्नुका साथै उनीहरूसँग हार्दिक कुराकानी पनि गर्नुभएको छ।

महासचिव सीले फु च्येन प्रान्तमा साढे १७ वर्षसम्म काम गर्नुभएको थियो। यहाँ उहाँले फु च्येनको पर्यावरणीय निर्माणको मार्गनिर्देश गर्नुभएको थियो। यो सी चिन फिङको पर्यावरणीय सभ्यता विचारधाराको महत्वपूर्ण उदगम स्थल हो।

Close
Messenger Pinterest LinkedIn