नेपाली

जनप्रतिनिधि सी चिन फिङ

cri2021-03-06 16:47:56

"१४औं पञ्चवर्षीय योजना"को पहिलो वर्षमा जब चिनियाँ समाजवादी आधुनिक देश निर्माणको नयाँ यात्रामा लागेको छ, सी चिन फिङ पार्टी र देशको शीर्ष नेताको रूपमा, राष्ट्रिय जन काङ्ग्रेसका एक सदसयसँगै करीब ३००० प्रतिनिधिहरु सहित राष्ट्रभरका १ अर्ब ४० करोड चिनियाँ जनताको रुचि र इच्छाको प्रतिनिधित्व गर्दै वैधानिक शक्तिको प्रयोग गरी, चीनको अर्को यात्राको क्रममा दिशानिर्देश गर्नुभयो।

मार्च ४ तारिखको साँझ, चिनियाँ राष्ट्रिय काँग्रेसको चौथो अधिवेशन पैचिङमा तयारी सम्मेलन आयोजित भयो। सी चिन फिङ लगायत राष्ट्रिय जन काङ्ग्रेसका २८९५ जना तयारी सम्मेलनमा भेला भए, तेह्रौं राष्ट्रिय जन कांग्रेसको चौथो अधिवेशनको अध्यक्ष समूह र महासचिव चयन गरेका छन् र तेह्रौं राष्ट्रिय जन कांग्रेसको चौथो अधिवेशनको एजेन्डामा मतदान र अनुमोदन गरेका छन्।

सन् २०१८को जनवरीमा, भित्री मंगोलियाका प्रतिनिधि उम्मेदवार सी चिन फिङ केन्द्रीय समितिद्वारा मनोनित १३औं राष्ट्रिय जनकांग्रेसको प्रतिनिधिमा सर्वसम्मत मतले निर्वाचित हुनुभएको थियो। पाँच तारिख दिउँसो सी चिनफिङ तेहौँ चिनियाँ जन काँग्रेसको चौथो अधिवेशनको भित्री मंगोलिया प्रतिनिधिमण्डलको बैठकमा संलग्न हुनुभएको छ। यो प्रत्येक वर्ष चीनको दुई अधिवेशनको अवधिमा सबै भन्दा चाखलाग्दो क्षण हो। सी चिन फिङले प्रतिनिधिहरु र समितिका सदस्यहरुसँग देशको विभिन्न चिन्ताको बारेमा छलफल गर्नुभएको छ, जुन विश्वको लागि चीनको नियम बुझ्ने उत्तम तरिका बनेको छ।

Close
Messenger Pinterest LinkedIn