नेपाली

गाउँका कार्यकर्ताहरू

cri2021-03-01 18:32:19

चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशन यता महासचिव सी चिन फिङले श्रृंखलावद्ध परियोजना बनाउनुभयो र देशव्यापी गरिबी उन्मूलन योजना शुरू गर्नुभयो। गरिबी विरुद्ध गहिरो संघर्षमा सी चिन फिङले जोड दिनुभयो कि तल्लो तहको गरिबी निवारण कार्यको लागि प्रभावकारी संगठनात्मक उपायहरूको सुदृढीकरण, गरीबी निवारण कार्य बलको छनौट गर्न, प्रत्येक गरीब गाउँको कार्य टोली र प्रत्येक गरीब घरलाई सहयोग गर्ने व्यक्ति जिम्मेवार हुनुपर्छ।

सन् २०१५ मा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले पार्टी संगठनले कमजोर गाउँहरु र अभिलेखहरू भएका गरीब गाउँहरूमा पहिलो सचिव चयन गरेको थियो। यस वर्षदेखि २ लाख ५५ गाउँ कार्य दल, पार्टी र सरकारी एजेन्सीहरूको २९ लाख भन्दा बढी कार्यकर्ताहरू देशभरि १ लाख भन्दा बढी गरिबीग्रस्त गाउँहरूमा कार्यरत छन्। यी गाउँका कार्यकर्ताहरूको खुट्टामुनि कत्ति फोहोर होला तर पनि उनीहरूको हृदयमा कति साँचो भावना समेटिएको छ, बुझ्न सकिन्छ।

Close
Messenger Pinterest LinkedIn