नेपाली

निर्णायक लडाईँ

cri2021-03-01 18:33:51

विश्वको लामो इतिहासमा, गरिबी सधैं नै मानवजातिको सामु एक गाह्रो चुनौतीको रूपमा देखापरेको छ। नयाँ चीनले गरिबी विरूद्ध युद्ध घोषणा गर्दै नयाँ युगको शुरुवात गरेको छ। ८० करोड भन्दा बढी ग्रामीण क्षेत्रका गरिबहरूलाई क्रमिक रूपमा गरिबीबाट मुक्त गरिएपछि अब चीन पहिले जस्तो रहेन। तर गरिबी न्यूनीकरणको बाटोमा कहिल्यै सहज यात्रा गर्न सकिएको थिएन। चीनको गरिबी न्यूनीकरणको बाटो कठिनाइ नै कठिनाइले भरिएको छ। तर गरिबी विरूद्ध संघर्षको ऐतिहासिक मोडमा विजय हासिल गर्नुपर्नेछ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनदेखि महासचिव सी चिन फिङको निर्देशनमा, सम्पूर्ण पार्टी र समाजको संयुक्त प्रयास गर्दै मानव इतिहासको सबैभन्दा ठूलो र शक्तिशाली गरिबी न्यूनीकरण परियोजना आयोजना गरिएको छ। विश्वलाई चकित पार्ने ठूलो जीत हासिल भएको छ।

सन् २०२०को अन्त्यसम्म, ८ वर्षको निरन्तर प्रयास पछि, चीनको वर्तमान मापदण्ड अन्तर्गत करीब १० करोडलाई गरिबीबाट अलग्याइएको छ। निरपेक्ष गरिबीलाई ऐतिहासिक रूपमा हटाईएको छ, र गरिबी विरूद्धको लडाईले एक निर्णायक विजय हासिल गरेको छ।

Close
Messenger Pinterest LinkedIn