नेपाली

चीनको गरिबी निवारण समिक्षा तथा पुरस्कार समारोहमा राष्ट्राध्यक्ष सीद्वारा सम्बोधन

cri2021-02-25 11:00:09

चीनको गरिबी निवारणको समिक्षा तथा पुरस्कार समारोह २५ तारिख पैचिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समारोहमा महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनयता चीनले मानव जातिको इतिहासमा सबैभन्दा ठूलो परिधि तथा सशक्त रूपमा गरिबी निवारण कार्यक्रम चलाएको छ। ८ वर्षमा ८३२ वटा गरिब जिल्लाहरू र १ लाख २८ हजार वटा गरिब गाउँहरूलगायत लगभग १० करोड गरिब जनता गरिबीमुक्त भएका छन्। जुन मानव जातिको गरिबी निवारण इतिहासमा चमत्कार मानिन्छ। साथै चीनले गरिबी निवारण कार्य संयुक्त राष्ट्र संघको सन् २०३० दीगो विकास कार्यक्रमको निश्चित लक्ष्यभन्दा १० वर्ष अघि पूरा गरेको छ।

Close
Messenger Pinterest LinkedIn