नेपाली

श्रमिकका पसिनाको सम्मान गर्नुपर्ने चीनका राष्ट्राध्यक्ष सी चिन फिङको धारणा

cri2021-02-15 17:14:15

शहरहरूमा प्रवासी कामदारहरू नयाँ प्रकारका श्रमशक्ति हुन् जुन चीनको सुधार र खुलापनमा देखा परेको छन्। उनीहरू सम्पन्न समाज निर्माणको लागि महत्वपूर्ण शक्ति हुन्, र देशको आधुनिकीकरणमा ठूलो योगदान पुर्‍याइरहेका छन्। कसरी शहरहरूमा प्रवासी कामदार सहित प्रत्येक चिनियाँहरुलाई सुधार तथा विकासको फल बाँड्न सकिन्छ भन्ने विषयमा राष्ट्राध्यक्ष सी चिनफिङमा गहिरो चिन्ता छ।

सन् २०१३ को फेब्रुअरी ८ तारिख चिनियाँ नव वर्षको नजिकै सी चिन फिङले शहरमा व्यस्त आप्रवासी कामदारहरूलाई सान्त्वना सहित नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो। विगत ५ दिनदेखि कान्सु प्रान्तमा निरीक्षण गरिरहनु भएका सीले यस समूहलाई विशेष ध्यान दिनुभएको छ र सम्पन्न समाजको निर्माणमा प्रवासी कामदारहरूको कडा परिश्रम अविभाज्य भएको कुरामा जोड दिनुभएको छ। राष्ट्राध्यक्ष सीले उनीहरूलाई बढी माया गर्ने र कानूनी अधिकार तथा चासोहरूको रक्षा गर्ने प्रतिवद्धता जनाउनुभयो।

चीनका शहरहरूमा करीब १० करोड भन्दा बढी आप्रवासी कामदारहरू छन्। आवास, शिक्षा, चिकित्सा तथा अन्य मुद्दाहरू यी सबै कारणहरू जुन उहाँहरू शहरमा स्थापित हुन सक्दैनन्। सन् २०१८मा चीनको “दुई अधिवेसन”को अवधिमा सी चिन फिङले क्वाङतोङ प्रतिनिधिमण्डलको छलफलमा भाग लिनुभएको थियो। सो अवसरमा सी चिनफिङले शहरीकरणलाई अघि बढाउन र आप्रवासी कामदारहरूलाई काम गर्न तथा शहरमा स्थिरताका लागि सक्दो प्रयास गरिरहेको बताउनुभएको थियो। श्रमिकका बच्चाहरू शहर प्रवेश गर्न सक्दछन् र ग्रामीण क्षेत्रमा बसोबास गर्ने पाकाहरु पनि ग्रामीण पुनरुद्धार रणनीतिमा खुशीसाथ सामेल हुनसक्नुपर्छ, राष्ट्राध्यक्ष सीले बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn