नेपाली

लगातार नौ वर्षसम्म वसन्त चाडपूर्व सीद्वारा स्थानीयको निरीक्षण

cri2021-02-04 15:19:54

वसन्त चाडपूर्व आधारभूत तहका कार्यकर्ता र सर्वसाधारणसँग भेट र छलफल गर्नु हरेक वर्ष राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण कार्यक्रम हो। फेब्रुअरी ३ तारिख सी चिनफिङले क्वीचौको ह्वाउ गाउँको निरीक्षण गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनपछि लगातार रूपमा वसन्त चाडपूर्व सीले स्थानीय निरीक्षण गर्नुभएको यो नवौँ पटक हो।

सीले क्वीचौको मातृ नदीको रूपमा रहेको ऊ नदीको निरीक्षण गर्नुभयो। विकास र पर्यावरणको तल्लो रेखा कायम राख्नु नै सी चिनफिङले क्वीचौ प्रान्तलाई दिनुभएको स्पष्ट आग्रह हो। त्यसैले गाउँ पुग्नेवित्तिकै सबभन्दा पहिला ऊ नदीको निरीक्षण गर्नुभएको छ।

गत नोभेम्बर २३ तारिख क्वीचौ सरकारले समस्त क्वीचौ प्रान्त गरिबीबाट मुक्त भएको घोषणा गरेको थियो। गरिबी निवारण हुनु अगाडि क्वीचौ प्रान्त चीनभरिमा सबैभन्दा धेरै गरिबहरु रहेको प्रान्त थियो। गरिबी निवारण भएपछि कसरी कायम राख्ने? यो पनि सीको निरीक्षण कार्यक्रमको एक उद्देश्य हो।

वसन्त चाडपूर्व सीले नौऔँपटक लगातार गर्नुभएको आधारभूत तहको निरिक्षण कार्यक्रममध्ये ६ पटक पश्चिमी क्षेत्रको निरीक्षण गर्नुभएको छ। किन पश्चिमी क्षेत्र र जातीय क्षेत्रमा यति ध्यान दिनुभयो त? किनभने ती क्षेत्रमा गरिबी धेरै थियो। धेरै प्रयासपछि अब सबै गरिबीबाट मुक्त भएका छन्। सन् २०२१ को नव वर्षको शुभकामना सन्देशमा सीले भन्नु भएको छ कि गाउँको विकास गरी संयुक्त धनी हुने लक्ष्यतिर स्थिर रूपमा हिड्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn