नेपाली

सी चिनफिङद्वारा क्वीचौ प्रान्तको निरीक्षण

cri2021-02-04 15:17:59

चीनको वसन्त चाड नजिकिँदै गर्दा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले क्वी चौ प्रान्तको निरीक्षण गरी आधारभूत तहका कार्यकर्ता र सर्वसाधारणसँग भेट गर्नुभएको छ। फेब्रुअरी ३ तारिख दिउँसो सीले विच्ये शहरको छ्येनसी जिल्ला पुगेर ऊ नदीको पर्यावरण अवस्थाको निरीक्षण गरी सिनरन म्याउ जातीय ह्वाउ गाउँका सर्वसाधारणसँग भेट गर्नुभयो। गाउँको सांस्कृतिक चोकमा सीले अल्पसंख्यक जातीय वसन्त चाड कार्यक्रममा संलग्न भएका स्थानीयहरूसँग कुराकानी गर्नुका साथै चीनका विभिन्न जातिका जनतालाई वसन्त चाडको शुभकामना दिनुभयो।

Close
Messenger Pinterest LinkedIn