नेपाली

राष्ट्राध्यक्ष सीद्वारा हिउँदे ओलम्पिक मैदानको निरीक्षण

cri2021-01-21 11:28:01

४ वर्षपछि जनवरी १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ हिउँदे ओलम्पिक खेलकूदको चाङच्याखौ प्रतियोगिता क्षेत्रको निरीक्षण फेरि गर्नुभएको छ। हिउँदे ओलम्पिक खेलकूदको रंगशाला होस् वा सम्बद्ध परियोजनाहरू पैचिङ हिउँदे ओलम्पिक खेलकूदको तयारी स्थिर रूपमा अघि बढिरहेको छ। एक वर्षपछि पैचिङ हिउँदे ओलम्पिक खेलकूद शुरू हुनेछ।

संचालनमा आएको १ वर्ष नपुग्दै पैचिङ- चाङच्याखौ हाइस्पिड रेलद्वारा राष्ट्राध्यक्ष सीले चाङच्याखौ प्रतियोगिता क्षेत्र जानुभएको हो। यो रेलसेवा खेलकूद सम्बद्ध मुख्य परियोजना हो। जनवरी १९ तारिख दिउँसो राष्ट्राध्यक्ष सीले थाइचछङ स्टेशन पुग्नुभयो। त्यसपछि उहाँले राष्ट्रिय स्की जम्पिङ सेन्टरको निरीक्षण गर्दै त्यहाँ अभ्यास गरिरहेका खेलाडीहरू तथा प्रशिक्षकहरूको कार्यको निरीक्षण गर्नुभएको छ। राष्ट्रिय हिउँदे २ खेल केन्द्र राष्ट्राध्यक्ष सीले सोही दिन निरीक्षण गर्नुभएको अन्तिम ठाँउ हो।

यसअघि राजधानी रङ्गशालाको निरीक्षण गर्दै राष्ट्राध्यक्ष सीले भन्नुभयोः हिउँदे ओलम्पिक खेलकूदको तयारी सुचारू रूपमा भइरहेको छ यस पटकको खेलकूद राम्रो हुने मेरो विश्वास छ।

हिउँदे ओलम्पिक खेलकूद चीन लगायत विश्वको बिजयी मात्र होइन खेलकूद र आर्थिक सामाजिक विकासको साझा उपलब्धि हुनेछ। राष्ट्राध्यक्ष सीले औंल्याउनुभयो कि हिउँदे ओलम्पिक खेलकूद २०२२ को आयोजनासँगै पैचिङ-थेनचिन-हपै संयुक्त विकास रणनीतिको कार्यन्वयन पनि हो।

Close
Messenger Pinterest LinkedIn