नेपाली

सी चिनफिङद्वारा पैचिङ हिउँदे ओलम्पिकलाई होस्टे हैँसे

cri2021-01-20 16:37:43

जनवरी १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको चाङच्याखौ प्रतियोगितास्थलको निरीक्षण गर्नुभएको छ। ४ वर्षअघि उहाँले विशेष विमानबाट चाङच्याखौको भ्रमण गर्नुभएको थियो भने यसपटक एक वर्षअघि निर्मित पैचिङ-चाङच्याखौ उच्च-गतिको रेलबाट भ्रमण गर्नुभएको हो जसबाट ओलम्पिक खेलकुदको भवन होस् वा सम्बद्ध परियोजना, पैचिङ हिउँदे ओलम्पिक खेलकुदको तयारी कार्य स्थिर रूपमा अघि बढिरहेको देखिएको छ।

२४औँ हिउँदे ओलम्पिक खेलकुद सन् २०२२को फेब्रुअरी ४ देखि २० तारिखसम्म चीनको पैचिङ र चाङच्याखौ शहरबाट संयुक्त रूपमा आयोजना हुनेछ। चीनले हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्न लागेको यो पहिलो पटक हो। चाङच्याखौ प्रतियोगिता क्षेत्र हपै प्रान्तीय चाङच्याखौ शहरको छुङली जिल्लामा पर्छ। १९ तारिख दिउँसो सी चिनफिङले छुङली जिल्लामा पर्ने पैचिङ-चाङच्याखौ उच्च-गतिको रेलको थाइचछङ स्टेशन पुग्नुभएको छ। ओलम्पिक खेलकुद प्रतियोगिता क्षेत्रमा सीधा पुग्ने उच्च-गतिको रेल स्टेशन विश्वमा यो पहिलो हो। सन् २०१९को डिसेम्बर ३० तारिख संचालनमा ल्याइएको पैचिङ-चाङच्याखौ उच्च-गति रेलबाट पैचिङदेखि थाइचछङमा पर्ने हिउँदे ओलम्पिक खेलकुदको प्रमुख प्रतियोगिता क्षेत्रसम्म पुग्न एक घण्टा मात्रै लाग्छ।

त्यसपछि सी चिनफिङले राष्ट्रिय स्की जम्पिङ केन्द्रको भ्रमण गर्नुभएको छ। त्यहाँ सी चिनफिङले खेलाडी, कोच लगायत व्यक्तिसँग भेट्नुभयो। सो अवसरमा राष्ट्रिय स्की जाम्पिङ तालिम दलका प्रमुख स्यु काउ हाङले सी चिनफिङलाई जानकारी दिँदै महामारी फैलिएकोले प्रतियोगिता कम भएकोले घरेलु तालिम मात्र लिएको व्यक्त गर्नुभयो।

चाङच्याखौ प्रतियोगिता क्षेत्रमा राष्ट्रिय स्की जम्पिङ केन्द्र र क्रस कन्ट्री स्कीइङ केन्द्र, राष्ट्रिय बायथ्लोन केन्द्र मिलेर कुयाङसु भवन समूह बनेको छ। यी सबै नव निर्माण भएका हुन्। विभिन्न भवनबीच लगभग ८ मिटर अग्ला पुलबाट जोडिएको हो।

पैचिङ हिउँदे ओलम्पिक खेलकुदले चीन र विश्वलाई फाइदा पुर्याउनेछ साथै खेलकुद र आर्थिक तथा सामाजिक विकास मिलाएर अघि बढाउनेछ। सी चिनफिङले सन् २०२२को पैचिङ हिउँदे ओलम्पिक खेलकुदको राम्ररी आयोजना गर्नु नै पैचिङ, थ्येनचिन, हपै मिलेर विकास रणनीतिलाई व्यवहारमा उतार्ने महत्वपूर्ण कदम हो भन्ने उल्लेख गर्नुभयो। यातायात, वातावरण, उद्योगलगायत क्षेत्रलाई मिलेर विकास गर्न बढाएर पैचिङ-थ्येनचिन-हपै मिलेर विकास रणनीतिको सम्पूर्ण संचालन गर्न नेतृत्व गर्नुपर्ने सीले दोहोर्याउनुभयो।

Close
Messenger Pinterest LinkedIn