नेपाली

सी चिन फिङद्वारा पैचिङ हिउँदकालीन ओलम्पिक खेलकुद२०२२को तयारी कार्यको निरीक्षण

cri2021-01-19 15:22:07

चीनका सर्वोच्च नेता सी चिनफिङले जनवरी १८ तारिख पैचिङमा हिउँदकालीन ओलम्पिक खेलकुद, हिउँदकालीन पाराओलम्पिक खेकलुदको तयारी कार्यको निरीक्षण गर्नुभएको छ।

राजधानी खेलकुद रंगशालामा सी चिनफिङले राष्ट्रिय फिगर स्केटिंग टोली, सर्ट ट्रयाक स्पिड स्केटिंग टोलीको अभ्यास अवस्थाबारे ठोस रुपमा जानकारी लिनुभयो। तयारी कार्यको सुचारु प्रगतिप्रति खुशी लागेको बताउँदै उहाँले भन्नुभयो, ‘यस पटकको भव्य खेलकुदको आयोजनाप्रति म आशावादी छु।’

पैचिङ हिउँदकालीन खेलकुद २०२२ का तीन वटा प्रतियोगिता स्थलमध्येको एकको रुपमा रहेको यानछिङ क्षेत्रमा सीले अल्पाइन स्की प्रतियोगिता स्थलको प्रत्याभूति र अभ्यास अवस्थाको अवलोकन गर्नुभयो। सीले पैचिङ हिउँदकालीन ओलम्पिक खेलकुद र हिउँदकालीन पाराओलम्पिक खेलकुदको आयोजनामार्फत चीनको बरफ र खास गरी हिउँ खेलको विकासलाई अघि बढाइने कुरामा जोड दिनुभयो।

Close
Messenger Pinterest LinkedIn