नेपाली

चिनियाँ राष्ट्राध्यक्षद्वारा“राष्ट्रिय उत्पादन”लाई प्रोत्साहन

cri2020-12-30 18:39:23

सन् २०२० मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अनेकन राष्ट्रिय उत्पादन बस्तुमा ध्यान दिँदै प्रशंसा गर्नुभएको छ। सन् २०२० को अप्रिलमा राष्ट्राध्यक्ष सीले पल्लो शानसीको छिङ्ग लिङ्ग क्षेत्रको निरीक्षण गर्दै स्थानीय किसानको गरिबी निवारणमा महत्वपूर्ण भूमिका सिर्जना गरेको कटुसे च्याउ व्यवसायको प्रशंसा गर्नुभएको थियो। सन् २०२० मा राष्ट्राध्यक्ष सीले चीनका धेरै स्थलका ग्रामीण आधुनिक पर्यटन क्षेत्रको निरीक्षण गर्नुभएको थियो।

सन् २०२० चीनको गरिबी निवारण युद्धको अन्तिम वर्ष हो। सीका अनुसार यो वर्ष गरिबी निवारणको अन्त्यसँगै नयाँ जीवन र नयाँ प्रयासको सुरुवात पनि हो। उहाँले भन्नुभयो:मैले यस वर्षमा गरिबी निवारणको कार्यभारलाई पूरा गर्ने विश्वास गर्दछु। मैले सबैभन्दा चासो लिएको गरिबीबाट मुक्त भएपछि सहायता समस्या हो। चिनियाँ कम्युनिष्ट पार्टीले खास तथा प्रभावकारी काम गर्दै जनताका लागि वास्तविक रुपमा लाभ सिर्जना गर्नुपर्छ।

राष्ट्रिय ब्रान्डका व्यवसायको निरीक्षण गर्दै सीले धेरै पटक जोड दिनुभएअनुसार एक चिनियाँ एवं जन गणतन्त्र चीनका एक सदस्यको हैसियतले चीनको इतिहास,संस्कृति र भावनाको जानकारी लिनुपर्छ।

पाँच हजार वर्षको सभ्यतालाई बुझेपछि जातीय गर्व तथा आत्माबल जन्मन्छ।

Close
Messenger Pinterest LinkedIn