नेपाली

सन् २०२० मा राष्ट्राध्यक्ष सीका पदचापहरु

cri2020-12-30 18:41:01

सन् २०२० एक असाधारण वर्ष हो। प्रतिकूल अवस्थामा पनि चीनको उपलब्धि उल्लेखनीय देखिएको छ। यस उपलब्धिको पछाडी एक नेताको व्यस्त प्रयास रहेको छ। शहरीबस्तीबाट ग्रामीण क्षेत्रसम्म राष्ट्राध्यक्ष सीका धेरै पदचापहरु देखिन्छन्।

पाँच हजार वर्षसम्म चिनियाँहरुलाई हुर्काएको पहेँलो नदीको संरक्षणामा राष्ट्राध्यक्ष सीले धेरै चासो पुर्‍याउँदै आउनुभएको छ। गत अप्रिलदेखि जुनसमम पहेँलो नदी सम्बन्धी तटवर्ती क्षेत्रका तीन प्रान्तको निरीक्षण गर्दै पहेँलो नदिको पर्यावरणीय संरक्षणलाई जोड दिनुभएको छ।

आधा चीन पार गरेर बहने याङ्से नदी जन गणतन्त्र चीनको विकासको महत्वपूर्ण मातृनदी र शक्ति हो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनदेखि राष्ट्राध्यक्ष सीले धेरै पटक याङ्से नदी सम्बन्धी तटवर्ती क्षेत्रको निरीक्षण गर्दै सो नदीको विकासको बन्दोबस्तमा व्यक्तिगत रुपमा भाग लिनुभएको छ। निरीक्षण गरेपछि राष्ट्राध्यक्ष सीले सो नदी आर्थिक बेल्टको विकासको चौर्तफी प्रवर्द्धन गोष्ठीको अध्यक्षता गर्दै जोड दिनुभएअनुसार याङ्से नदीलाई चीनको पर्यावरणीय हरित विकासको मुख्य चौतारोको रुपमा लिनुपर्छ।

सन् २०२० राष्ट्राध्यक्ष सीले हरेक निरीक्षणमा गाउँ प्रवेश गरी स्थानीय जनतासँग कुराकानी गर्नुभएको छ। जनताको आवाज सुनेपछि उहाँले जोड दिनुभएअनुसार कम्युनिष्ट पार्टीले जनतालाई वास्तविक लाभ सिर्जना गर्नुपर्छ। गरिबी निवारण युद्धको विजय अन्त्य नभई नयाँ जीवनको सुरुवात पनि हो।

Close
Messenger Pinterest LinkedIn