नेपाली

राष्ट्राध्यक्ष सीको भिडियो सम्बोधनबाट दिन खोजिएको सूचना

cri2020-11-28 16:14:01

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २७ तारिख १७ औँ चीन-आशियान एक्स्पो र चीन-आशियान वाणिज्य तथा लगानी शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ।कोभिड- महामारीको प्रभावमा निर्धारित योजना अनुरुप सेप्टेम्बरमा आयोजित चीन-आशियान एक्स्पो नोभेम्बर २७ तारिखसम्म पछि सारिएको थियो।

उक्त एक्स्पोको उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाहेक लाओसका प्रधानमन्त्री, कम्बोडियाका प्रधानमन्त्री, इन्डोनेसियाका राष्ट्रपति, म्यानमारका राष्ट्रपति र फिलिपिन्सका राष्ट्रपति आदि नेतागणले पनि भिडियो सम्बोधन गर्नुभएको छ।

यसका साथै यो एक्स्पोमा पहिलोपटक अनलाइन तथा अफलाइनको तरिकाद्वारा आयोजना भएको हो। यसको अतिरिक्त अफलाइन प्रदर्शनीको क्षेत्रफल एक लाख चार हजार वर्गमिटर हुनुका साथै ५४०० प्रदर्शनी बुथ राखिएको छ। करिब १५०० व्यवसायले अनलाइन प्रदर्शनीमा सहभागी भएका छन्।

यो एक्स्पोको मुख्य विषयवस्तु “बेल्ट एण्ड रोडको संयुक्त निर्माणका साथ डिजिटल अर्थतन्त्रको विकास” भन्ने रहेको छ। चालु वर्ष चीन र आशियानको डिजिटल अर्थतन्त्रको सहयोग वर्ष हो। आशियासँग सहकार्य गरेर डिजिटल सिल्क रोडको निर्माण गर्न चीनको इच्छा रहेको राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ। पुरानो सागर सिल्क रोडबाट आधुनिक डिजिटल सिल्क रोडसम्म चीन र आशियानको सहकार्यमा अझ व्यापक भविष्य देखिएको छ।

Close
Messenger Pinterest LinkedIn