नेपाली

चीनका राष्ट्राध्यक्ष सीद्वारा श्रमिकको प्रशंसा

cri2020-11-25 18:54:15

नोभेम्बर २४ तारिख चीन सरकारले १ हजार ६ सय ८९ जना राष्ट्रिय श्रमिकलाई नमूना श्रमिकको उपाधि दिएको छ र ८०४ जनालाई राष्ट्रिय अग्र कार्यकर्ताको उपमा दिएको छ। यो नै ५ वर्षपछि चीनमा राष्ट्रिय श्रमिक नमूना तथा अग्रणी कार्यकर्तालाई दिएको सबैभन्दा उच्चस्तरिय पुरस्कार हो। चीनका सर्वोच्च नेता सी चिनफिङले सबै श्रमिकको प्रशंसा गर्दै चीनमा श्रमिक नमूना भावना, श्रम भावना तथा शिल्पीको भावनालाई विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। साथै उहाँले मजदूर वर्ग तथा व्यापक श्रमिकहरूको प्रधान शक्तिको भूमिकालाई निर्वाह गर्दै उच्च गुणस्तरिय श्रमिक समूहको निर्माण प्रयासको आग्रह पनि गर्नुभएको छ।

पुरस्कृत १ हजार ६ सय ८९ जनामध्ये कारखानामा कार्यरत मजदूर तथा व्यवसायमा कार्यरत प्राविधिक व्यक्तिको संख्या ८४७ छ। यसका साथै कोभिड-१९ महामारीको प्रतिरोधको मोर्चामा कार्यरत ३०० जनालाई पनि समेटिएको छ।

सम्बोधनमा राष्ट्राध्यक्ष सीले भन्नुभएको छ, ‘प्राविधिक मजदूर नै चिनियाँ उत्पादन, चिनियाँ सिर्जनाको महत्वपूर्ण आधार नै हो। प्राविधिक मजदूरहरूको हुर्काई, प्रयोग, मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्छ। बढी भन्दा बढी श्रमिक विशेष गरी युवाहरू प्रविधि र सीपयुक्त दक्ष जनशक्ति बनेर देशको लागि योगदान दिनुका साथै देशका शिल्पी गुरू बन्न प्रोत्साहन पनि गर्नुपर्छ।’

सम्बोधनमा सीले मजदूर वर्ग तथा व्यापक श्रमिकहरूको हक-अधिकारको राम्रोसँग संरक्षण गर्दै रोजगारीको स्थिरतालाई प्राथमिकता दिनुपर्ने र श्रमिकहरूको आम्दानी स्तरलाई बढाउँदै संयुक्त रूपमा धनी बन्न प्रभावकारी कदम चाल्दै जानुपर्ने बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn