नेपाली

जी बीस नेतागणको पन्ध्रौँ शिखर सम्मेलनको पहिलो चरणको बैठकमा सीद्वारा सम्बोधन

cri2020-11-22 16:36:13

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर २१ तारिख बेलुकी पैचिङमा भिडियोमार्फत जी बीस नेतागणको पन्ध्रौँ शिखर सम्मेलनको पहिलो चरणको बैठकमा सहभागी भएर महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

नेता सीले चीनले कोभिड-१९ खोपको अन्तर्राष्ट्रिय सहयोगमा सक्रिय समर्थन तथा संलग्न गर्ने भन्दै अरू विकासोन्मुख मुलुकलाई सम्बन्धित सहयोग र समर्थन गरी खोपलाई विभिन्न मुलुकका जनताले किन्न सक्ने सार्वजनिक उत्पादित वस्तु बनाउने वचन चीनले दिएको दोहोर्‍याउनुभयो।

सीले न्युक्लिक एसिड परीक्षण नतिजाको आधारमा अन्तर्राष्ट्रिय मान्यित क्युआर कोडको रूपमा बनाइने स्वास्थ्य कोडको अन्तर्राष्ट्रिय आपसी मान्य प्रणालीको रचना गर्ने प्रस्ताव चीनले प्रस्तुत गरेको छ र अरू मुलुक त्यसमा संलग्न हुने आशा चीनले लिएको उल्लेख गर्नुभयो।

नेता सीले डाटा सुरक्षाको सहयोगलाई बढाएर विभिन्न मुलुकका वैज्ञानिक तथा प्राविधिक व्यवसायलाई न्याय वातावरण उपलब्ध गराउन आह्वान गर्नुभयो। सीले कोभिड-१९ महामारीबाट विश्व शासनको अभावता देखिएको भन्दै हामीले बहु-पक्षवाद, उदार तथा खुलापन, आपसी हितयुक्त सहयोगमा अडिग रहनुपर्ने कुरामा जोड दिनुभयो। सबैले मिलेर सुखमय जीवन र मानज जातिको भाग्य समुदायको रचना गर्न प्रयास गरौँ भन्ने कुरा सीले उल्लेख गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn