नेपाली

एशिया-प्रशान्त संयुक्त भाग्य समुदायको निर्माणबारे नेता सीको चौतर्फी ब्याख्या

cri2020-11-21 18:40:05

गत वर्षको नोभेम्बरमा ब्रिक्स मुलुकका नेतागण बीचको वार्तामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एशिया-प्रशान्त संयुक्त भाग्य समुदायको निर्माण प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। चालु वर्षको नोभेम्बर २० तारिख उहाँले एपेकको नेतागण बीचको २७ सौं अनौपचारिक सम्मेलनमा भाग लिँदैँ सो संयुक्त समुदायको निर्माणबारे चौतर्फी रूपमा ब्याख्या गर्नुभएको छ।

नोभेम्बर बीस तारिख बेलुकी राष्ट्राध्यक्ष सीले भिडियो कन्फरेन्समा सम्बोधन गर्दै सन् २०२० पछिको सहयोग सम्बन्धी अभिलाषालाई शुरू गर्नु नै एशिया-प्रशान्त आर्थिक सहयोग संगठनको एक महत्वपूर्ण कार्य हो भन्ने पुष्टि गर्नुभएको छ। सोही बेलुकी पारित भएको ‘एशिया-प्रशान्त आर्थिक सहयोग संगठन बुद्राजय अभिलाषा’ नै आगामी २० वर्षमा एपेकको सहयोगलाई निर्देशन दिने कार्यक्रम हो। नेता सीले यसलाई नयाँ शुरूआत मानेर हामीले एशिया-प्रशान्त क्षेत्रको सहयोगको नयाँ चरणलाई शुरू गर्नुपर्ने प्रकाश पार्नुभएको छ।

‘एशिया-प्रशान्त संयुक्त भाग्य समुदायको संयुक्त निर्माण’ शीर्षकमा सम्बोधन गर्दै चीनका राष्ट्राध्यक्ष सीले खुलापन तथा सहनशीलतामा जोड दिनुभएको छ। उहाँले यसै महिनाको १५ तारिख सम्पन्न एशिया-प्रशान्त क्षेत्रको चौतर्फी आर्थिक साझेदार सहयोगात्मक सन्धि(आरसीइपी)को स्वागत गर्नुका साथै ट्रान्स प्यासिफिक साझेदारी बीचको विस्तृत र प्रगतिशील सम्झौता (सीपीटीपीपी)मा भाग लिने विचार गरिरहेको पनि जनाउनुभएको छ जसले जापान लगायत ११ मुलुकका ४९ करोड ८० लाख जनसंख्यालाई समेटेको छ।

सीले स्पष्टसँग औंल्याउनुभएको छः एशिया-प्रशान्त स्वतन्त्र व्यापा क्षेत्र जाने बाटो सिधा छैन तापनि हामीले यही दिशातिर अघि बढ्नुपर्छ।

सम्बोधनमा सीले यसरी बताउनुभएको छः नविन बृद्धि, आपसी सम्पर्क तथा जोड, सहयोग तथा साझा बिजयीको पालना गर्नुपर्छ। यी ३ वटा विषय नै एशिया-प्रशान्त संयुक्त भाग्य समुदायको संयुक्त निर्माणको महत्वपूर्ण विषयहरू हुन्। साथै उहाँले ती विषयहरूको कार्यन्वयनको महत्वबारे जोड दिनुभएको छ।

सीको सम्बोधनमा उहाँले दृढताका साथ भन्नुभएको छः चीनले एशिया-प्रशान्त आर्थिक सहयोग संगठनको विकासमा निरन्तर समर्थन दिँदै एशिया-प्रशान्त क्षेत्रको निर्माण तथा हित-कल्याणमा प्रयासरत हुँदै जाने छ। संयुक्त भाग्य समुदायको निर्माण गर्दा चीनको धारणा पनि छ र कारवाही पनि छ।

चीनले सहनशील व्यापार तथा लगानी गोष्ठीको आयोजना गर्दै व्यापार तथा लगानी सम्बन्धि नीतिबाट व्यापक जनतालाई लाभान्वित हुने सम्बन्धमा प्रस्ताव प्रस्तुत गर्ने छ भने आउने वर्षमा चीनले डिजिडल तवरले गरिबी निवारण गोष्ठीको पनि आयोजना गरी यसै क्षेत्रमा गरिबी निवारण क्षेत्रमा सहयोग दिनेछ।

सम्बोधनमा सीले जोड दिनुभएको छः हामीले विशेष गरी महिला लगायत समूहसामु देखा परेका विशेष कठिनाइमा ध्यान दिँदै मझौला तथा स-साना व्यवसायको विकासको समर्थन दिँदै जाने छौं। चीनले टेलिचिकित्साबारे सुझाव प्रस्तुत गर्दै गरिब तथा दुर्गम क्षेत्रका मानिसहरू समयमै प्रभावकारी उपचार पाउन सहयोग दिँदै जानेछ।

Close
Messenger Pinterest LinkedIn