नेपाली

चीनका राष्ट्राध्यक्ष सीद्वारा ह्वो शन शान अस्पतालको निरीक्षण

CRI2020-03-10 14:17:17

आज दश तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विमानद्वारा वुहान सहर पुगेर ह्वो शन शान अस्पतालको निरीक्षण गर्नुभएको छ।

उहाँले त्यहाँ अस्पतालको संचालन, बिरामीको उपचार, चिकित्साकर्मीको संरक्षण र प्रत्याभूति, वैज्ञानिक अध्ययन आदि अवस्थाबारे जानकारी लिएर उपचाररत बिरामीप्रति सहानुभूति प्रकट गर्नुभयो।

साथै कोभिड १९ विरुद्धको काममा खटिइरहेका चिकित्साकर्मीलाई हौसला दिँदै सबैले दृढविश्वासका साथ भाइरस विरोधी लडाइँ जित्नुपर्ने बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn