नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसाबीच भेटघाट

CRI2019-11-15 16:49:34

स्थानीय समयअनुसार, नोभेम्बर चौध तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ब्रासिलियामा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग भेटघाट गर्नुभएको छ।

सीले चीनले दक्षिण अफ्रिकासँग सहकार्य गरी दुई मुलुकको चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको दृढताका साथ संरक्षण र विकास गर्ने कुरा बताउनुभयो। चीनले दक्षिण अफ्रिकासँग ब्रिक्स मुलुकको सहयोगलाई सबल बनाउने, चीन-अफ्रिका सहयोग मञ्चको निर्माणलाई अगाडि बढाउने, ठूला अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्यामा सम्पर्क र समन्वय गर्ने, अन्तर्राष्ट्रिय न्याय र निष्पक्षताको संरक्षण गर्ने कुरामा सीले जोड दिनुभयो।

प्रत्युत्तरमा रामाफोसाले दक्षिण अफ्रिकाले अर्थतन्त्र तथा व्यापार, आधारभूत प्रबन्धको निर्माण, कृत्रिम बुद्धिमत्ताआदि क्षेत्रहरूमा दुई मुलुकको सहयोगलाई विस्तार गर्ने, अझै धेरै चिनियाँ उद्योग-व्यवसायहरूलाई लगानीका लागि दक्षिण अफ्रिकामा स्वागत गर्ने आशा लिएको बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn