नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र मेक्सिकोका राष्ट्रपति कलाउडिया बीच भेटवार्ता

CRI2024-11-19 10:14:54

स्थानिय समय नोभेम्बर १८ तारिख अपराह्न, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रियो डी जेनेरियोमा २० देशका नेताहरूको समूहको १९औँ शिखर सम्मेलनको अवसरमा मेक्सिकोका राष्ट्रपति कलाउडिया सिन्बमसँग भेटवार्ता गर्नुभएको छ।

भेटमा, मेक्सिकोको इतिहासमा पहिलो महिला राष्ट्रपति हुनुभएकोमा सिन्बमलाई राष्ट्राध्यक्ष सीले फेरि पनि बधाई ज्ञापन गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले सन् २०१३ मा मेक्सिकोको भ्रमण गरेको र मनमा गहिरो छाप परेको पनि औँल्याउनुभएको छ। उहाँले भन्नुभयो, चीन र मेक्सिको बीच मित्रताको लामो परम्परा छ, परम्परागत मित्रता कायम राख्नका लागि दुई पक्षले आदानप्रदान थप्नुपर्छ, दुई देशको अर्थव्यवस्थामार्फत पारस्परिक व्यवसायिक सहकार्य प्रवर्द्धन गर्नुपर्छ र दुई देश बीचको सम्बन्धलाई नयाँ युगमा चौतर्फी विकास गर्न अघि बढाउनुपर्छ। राष्ट्राध्यक्ष सीले चीन र मेक्सिकोसँग धेरै अन्तर्राष्ट्रिय मामिलाहरूमा साझा सिदधान्तहरू रहेको भन्दै समावेशी आर्थिक विश्वव्यापीकरणका लागि समर्थन गर्न विश्वको आर्थिक विकासमा सकारमत्मक भूमिका राख्न र बहुपक्षीय र अन्तर्राष्ट्रिय निष्पक्षता र न्याय कायम राख्नका लागि चीनले मेक्सिकोसँग संयुक्त रूपमा प्रयास गर्ने बताउनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको राजनीतिक व्युरोका सदस्य छची र वाङ यी पनि सो भेटघाटमा उपस्थित हुनुहुन्थ्यो।

Close
Messenger Pinterest LinkedIn