नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा 'ग्लोबल साउथ' मिडिया थिंकट्यांक उच्चस्तरीय मञ्चलाई शुभकामना पत्र

cri2024-11-12 10:48:58

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर ११ तारिख 'ग्लोबल साउथ' मिडिया थिंकट्यांक उच्चस्तरीय मञ्चलाई शुभकामना पत्र पठाउनुभएको छ। विश्वका व्यापक दक्षिण देशहरूसँगै मिलेर वास्तविक बहुपक्षीयवादको पालन गर्ने, समान र व्यवस्थित विश्व बहुध्रुवीयता, समावेशी र लाभदायक आर्थिक विश्वव्यापीकरणको प्रवर्धन गर्ने, र मानवजातिको साझा भाग्य समुदायको निर्माणका लागि हातेमालो गर्ने इच्छा चीनले लिएको उहाँले औँल्याउनुभएको छ।

संसारको शतवार्षिकी परिवर्तनशील परिदृश्यमा आधुनिकीकरणको सपना साकार गर्दै अन्तर्राष्ट्रिय अनुशासनलाई अझ न्यायपूर्ण र उचित दिशातर्फ अगाडि बढाउनु विश्वका दक्षिण देशहरूको पवित्र ऐतिहासिक जिम्मेवारी हुनुका साथै र विश्व साउथ मिडिया थिंकट्यांकको युगको साझा चुनौती पनि भएको कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

'ग्लोबल साउथ’मिडिया थिंकट्यांक उच्चस्तरीय मञ्च सोही दिन ब्राजिलको साओ पाउलोमा शुरु भएको छ। यस मञ्चको शीर्षक ‘ग्लोबल साउथ’को मुख्य नारा गाऔँ, विकासको पुनर्जागरणको नयाँ यात्रा आरम्भ गरौँ रहेको छ। सोही दिन ब्राजिलका राष्ट्रपति लुलाले पनि मञ्चलाई शुभकामना पत्र पठाउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn