नेपाली

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्राध्यक्ष सीको बधाई सन्देश

CRI2024-11-07 11:39:45

नोभेम्बर ७ तारिखका दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा सीले यसरी औँल्याउनुभयोः चीन र अमेरिका बीचको सहकार्यले दुवै पक्षलाई फाइदा पुर्याउँछ र लडाइँले दुवैलाई हानि पुर्याउँछ भन्ने इतिहासले देखाएको छ। स्थिर, स्वस्थ र दिगो चीन-अमेरिका सम्बन्ध दुई देशको साझा हित र अन्तर्राष्ट्रिय समुदायको अपेक्षासँग अनुकुल छ। आशा छ कि दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सह-अस्तित्व र जीत-जीत सहयोगको सिद्धान्तलाई कायम राख्नेछन्, संवाद र सम्पर्कलाई सुदृढ पार्नेछन्, मतभेदहरूको उचित व्यवस्थापन गर्नेछन्, पारस्परिक लाभकारी सहयोग विस्तार गर्नेछन्। नयाँ युगमा चीन र अमेरिकाका लागि सही मार्ग पत्ता लगाउँदै दुई देशलगायत विश्वलाई फाइदा पुग्ने आशा पनि राष्ट्राध्यक्ष सीले जनाउनुभयो।

सोही दिन चिनियाँ उपराष्ट्राध्यक्ष हान चङले जेम्स भान्सलाई अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn