नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा एघारौँ पैचिङ स्याङ शान फोरमलाई बधाई पत्र

CRI2024-09-13 11:02:19

सेप्टेम्बर १३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एघारौँ पैचिङ स्याङ शान फोरमलाई बधाई पत्र पठाउनुभएको छ। आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले वैश्विक सुरक्षा प्रस्तावको अक्षरश: पालना गर्नका लागि चीनले निरन्तर रूपमा विभिन्न पक्षको मतैक्य जम्मा पारी अन्तर्राष्ट्रिय भिडन्त मेटाउन र स्थायी शान्ति र सामान्यरूपमा सुरक्षित अन्तर्राष्ट्रिय वातावरणको स्थापना गर्नका लागि अथक प्रयास गर्दै आएको उल्लेख गर्नुभएको छ। यस पटकको फोरमले लगातार रूपमा निष्पक्ष, खुलस्त, सहिष्णु र एकले अर्काबाट सिक्ने भावनालाई कायम राख्दै पारस्परिक विश्वासलाई गहन पारी विश्वव्यापी सुरक्षा चुनौतीको सामना गर्न र मानवजाति भाग्यको एकरूपताको स्थापनालाई अघि बढाउनका लागि अझ ठूलो योगदान गर्नसक्ने आशा पनि उहाँले सो पत्रमा व्यक्त गर्नुभएको छ।

१३ तारिख पैचिङमा शुरू भएको एघारौँ पैचिङ स्याङ शान फोरमको मुख्य नारा सँगसँगै शान्तिको स्थापना र भविष्यको साझा उपभोग गरौँ भन्ने रहेको छ।

Close
Messenger Pinterest LinkedIn