नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सन् २०२४ चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेलालाई बधाई पत्र

CRI2024-09-12 14:57:11

सेप्टेम्बर १२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२४ चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेलालाई बधाई पत्र पठाउनुभएको छ।

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले सेवा व्यापार मेला लगातार १० वर्षदेखि सफलताका साथ आयोजना भइरहेको उल्लेख गर्दै त्यसले खुलस्त विश्व अर्थतन्त्रको स्थापना गर्नका लागि सकारात्मक योगदान गर्दै आएको औँल्याउनुभएको छ। उहाँका अनुसार, चीनले उच्च स्तरीय खुलापनमार्फत उच्च गुणस्तरीय विकासलाई अघि बढाउनुका साथै उच्च स्तरीय वैदेशिक खुलापन व्यवस्थालाई पूर्णता दिलाउँदै जानेछ। विश्वका विभिन्न मुलुकहरूसित अर्थतन्त्रको विश्वव्यापीकरण भन्ने मुख्य प्रवृत्ति बमोजिम सँगसँगै अवसरको उपभोग, सँगसँगै सहकार्यबारे छलफल र सँगसँगै विकासलाई अघि बढाउँदै विश्व आर्थिक वृद्धि र विभिन्न देशका जनताको हितकल्याणलाई बढाउनका लागि नयाँ योगदान गर्दै जान चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले बधाई पत्रमा उल्लेख गर्नुभएको छ।

चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेला १२ तारिखबाट पैचिङमा शुरू भएको छ। ‘वैश्विक सेवा, साझा समृद्धि’त्यसको मुख्य नारा रहेको छ।

Close
Messenger Pinterest LinkedIn