नेपाली

चीनका राष्ट्राध्यक्ष र नर्वेका प्रधानमन्त्रीबीच भेट-वार्ता

CRI2024-09-09 20:00:17

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ९ तारिख दिउँसो पैचिङमा नर्वेका प्रधानमन्त्री जोनस गाह्र स्टोरसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीन र नर्वे सम्बन्धको ७० वर्षे इतिहासको समीक्षा गर्दै मित्रता र सहयोग मुख्य विषय हो। चीनले नर्वेसँग संयुक्त राष्ट्र संघलगायत बहुपक्षीय मञ्चमा आदानप्रदान तथा समन्वयलाई सबल पार्नुका साथै साँच्चिकै बहुपक्षीयताको व्यवहार गरी समान तथा व्यवस्थित विश्वको बहुध्रुवीयता र समावेशी तथा सार्वजनिक फाइदाजनक अर्थतन्त्रको विश्वव्यावीकरणलाई अगाडि बढाउने इच्छा लिएको छ।

प्रधानमन्त्री स्टोरका अनुसार, नर्वे नयाँ चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने सबैभन्दा छिटै उत्तरी यूरोपेली देशहरूमध्येको एक हो। दौत्य सम्बन्ध स्थापना भएको ७० वर्षमा दुई देशको सम्बन्ध राम्ररी विकास हुँदै दुइ पक्षले पारस्परिक सम्मानको तरिकामार्फत् वार्ता तथा सहयोग गरेका छन्। नर्वेले चीनको सार्वभौमिकतालाई सम्मान गरी एक चीन नीति लागू गरेको छ। नर्वे चीनसँगको सहकार्यलाई विस्तार गर्ने प्रतिक्षामा छ। चीनले धेरै विश्वव्यापी चुनौती र ठूला अन्तर्राष्ट्रिय मामिलामा महत्वपूर्ण भूमिका खेलेको छ। नर्वेले स्वतन्त्र व्यापारलाई समर्थन दिनुका साथै बहुपक्षीय प्रारूपमा चीनसँगको आदानप्रदान तथा सहयोगलाई सबल पार्ने इच्छा लिएको छ। नर्वेले यूरोप र चीनको सहयोगलाई प्रवर्द्धन गर्न समर्थन गरेको छ।

Close
Messenger Pinterest LinkedIn