नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा उत्तर कोरियाका उच्चस्तरीय नेता किम जोङ उनलाई उत्तर कोरिया स्थापनाको ७६औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देश

CRI2024-09-09 14:54:39

सेप्टेम्बर ९ तारिख, चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रिय समितिका महासचिव तथा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले उत्तर कोरिया स्थापना भएको ७६औँ वार्षिकोत्सवको अवसरमा उत्तर कोरियाका मजदुर पार्टीका महासचिव तथा राज्य आयोगका अध्यक्ष किम जोङ उनलाई बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा सी चिनफिङले औँल्याउनुभएको छ, महासचिव कामरेडको नेतृत्वमा रहेको उत्तर कोरियाको मजदुर पार्टीले उत्तर कोरियाली जनताका लागि उत्तर कोरियाली शैलीको समाजवादी कार्यको विकासमा नयाँ सफलताहरू निरन्तरताका साथ पाउने विश्वास छ।

राष्ट्राध्यक्ष सीले चालु वर्ष चीन र उत्तर कोरियाबीच सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सव भएको औँल्याउँदै नयाँ युग नयाँ परिस्थितिमा चीनले रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट दुई देशको सम्बन्धलाई हेर्ने र उत्तर कोरियासँग रणनीतिक छलफल गहिरो बनाउन, दुई देशका जनतालाई थप लाभ पुर्याउन र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र स्थिर विकास तथा समृद्धिका लागि थप भूमिका खेल्न इच्छुक भएकोमा जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn