नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र गाबोनका राष्ट्रपतिबीच भेटवार्ता

cri2024-09-04 19:04:16

सेप्टेम्बर ४ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर सम्मेलनमा भाग लिन आउनुभएका गाबोनका राष्ट्रपति नग्येमासँग भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले भन्नुभयोः चालु वर्ष चीन र गाबोनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठ हो। चीन-अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनको मौका पारेर पूर्वाधार, कृषि, स्वास्थ्य र डिजिटल अर्थव्यवस्थाका क्षेत्रमा दुई देशबीच हुने सहयोगलाई प्रगाढ बनाउने र गाबोनलाई आफ्नो अर्थतन्त्र रुपान्तरणलाई मद्दत गर्न चीन तयार छ। साथै चीनले गाबोनसँग प्रतिआतंकवाद र सुरक्षाका क्षेत्रमा हुने सहयोगलाई सुदृढ गर्न र आ-आफ्नो स्थिरतासमेत क्षेत्रीय शान्ति र सुरक्षालाई बढाउन पनि चीन तयार छ।

सो अवधिमा गाबोनका राष्ट्रपति नग्येमाले चीन गाबोनको सबैभन्दा महत्वपूर्ण सहयोगी साझेदार भएको बताउँदै गाबोनको राजनीतिक संक्रमण प्रक्रियामा चीनले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ। साथै उहाँले अगाडि भन्नुभयोः गाबोन एक चीन नीतिको दृढतापूर्वक पालना गर्दछ र दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाभएको ५० औँ वर्षगाँठ मनाउने, बेल्ट एण्ड रोड सहकार्यमा सक्रिय रूपमा भाग लिने र गाबोन-चीन व्यापक रणनीतिक सहकारी साझेदारी सम्बन्धलाई निरन्तर सुदृढ र प्रगाढ बनाउन चीनसँग मिलेर काम गर्न तयार छ।

प्राप्त जानकारी अनुसार, शिखर सम्मेलनका क्रममा चीन र गाबोनले लगानी, आर्थिक सहयोग र पूर्वाधार निर्माणको क्षेत्रमा हुने द्विपक्षीय सहयोगसम्बन्धी दस्तावेजमा हस्ताक्षर गर्ने जनाइएको छ।

Close
Messenger Pinterest LinkedIn