नेपाली

मलावीका राष्ट्रपतिसँग चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भेटवार्ता

CRI2024-09-03 15:08:34

सेप्टेम्बर ३ तारिख बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा चीन-अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनमा भाग लिन चीन आउनुभएका मलावीका राष्ट्रपति चकवेरासँग भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा दुवै देशका राष्ट्रप्रमुखले चीन-मलावी सम्बन्धलाई रणनीतिक साझेदारी सम्बन्धमा उकास्ने घोषणा पनि गर्नुभएको छ।

सोही क्रममा, चिनियाँ राष्ट्राध्यक्ष सीले चीन र मलावीबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध सुदृढ राजनीतिक पारस्परिक विश्वास तथा पारस्परिक लाभप्रद सहयोगका फलदायी परिणाममा निरन्तर र स्वस्थ रुपमा विकसित भइरहेको पुष्टि गर्नुभयो। चीन-अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनका परिणामहरूको कार्यान्वयनलाई अघि बढाउँदै चीन र मलावीबीचको मित्रता र सहयोगलाई नयाँ प्रारम्भिक बिन्दुमा पुर्याउने, दुई देशको साझा विकासलाई बढाउने र दुई देशका जनताका लागि हित कल्याण सिर्जना गर्न चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले जनाउनुभयो।

सोही अवधिमा मलावीका राष्ट्रपति चकवेराले आपसी सम्बन्धबारे चर्चा गर्दै भन्नुभयोः मलावीले चीनलाई आफ्नो सबैभन्दा इमानदार मित्रको रुपमा लिएको छ। मलावीले चीन-अफ्रिका सहयोग मञ्चको संयन्त्रको सुदृढीकरणलाई समर्थन गर्दछ र यस फोरम तथा शिखर सम्मेलनको मौका पारेर बेल्ट एण्ड रोड अवधारणामार्फत् क्षेत्रीय कनेक्टिभिटीलाई सुदृढ गर्नुका साथै मलावी र चीनबीच मैत्रीपूर्ण र पारस्परिक लाभकारी सहयोगलाई प्रगाढ बनाउन तत्पर रहेको छ।

सो शिखर सम्मेलनका क्रममा चीन र मलावीले चीनमा बदामको निर्यात, मिडिया र विकास सहयोगका क्षेत्रमा हुने द्विपक्षीय सहयोगका सम्झौताहरूमा हस्ताक्षर गर्ने जनाइएको छ।

Close
Messenger Pinterest LinkedIn