नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र कोमोरोसका राष्ट्रपतिबीच भेटवार्ता

CRI2024-09-02 16:52:41

सेप्टेम्बर २ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा चीन अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर सम्मेलनमा भाग लिनुभएका कोमोरोसका राष्ट्रपति अजालीसँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार चीन कोमोरोससँग दौत्य सम्बन्ध स्थापना भएको पहिलो राष्ट्र हो। आउने वर्ष यी दुबै राष्ट्रबीचले दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउँदै छन्। चीनले यस शिखर सम्मेलनका अवसरमा कोमोरोससँग आर्थिक तथा व्यापारिक लगानी,पूर्वाधार प्रबन्ध,जलवायु परिवर्तन आदि क्षेत्रको प्रभावकारी सहयोगलाई विस्तार गर्दै दुबै राष्ट्रबीचको सम्बन्धको विकासमा नयाँ प्रवर्द्धन शक्ति पुर्याउने आशा गरेको छ।

राष्ट्रपति अजालीले चीनद्वारा राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको समर्थन दिँदै चीनले आफ्नो राष्ट्रको एकीकरणलाई साकार तुल्यानेमा समर्थन दिँदै जाने विचार व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn