नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अफ्रिकी विद्वानहरूलाई जवाफी पत्र

cri2024-08-30 18:41:32

अगष्ट २७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ५० वटा अफ्रिकी मुलुकका विद्वानहरूलाई जवाफी पत्र पठाउँदै निरन्तर रूपमा उच्चस्तरीय चीन-अफ्रिका भाग्य एकरूपताको स्थापना गर्न र “विश्वव्यापी दक्षिण” साझा हितको संरक्षण गर्नका लागि बुद्धिमताको समर्थन गर्दै जान उनीहरूलाई प्रेरणा दिनुभएको छ।

चीन र अफ्रिका जहिले पनि भाग्य एकरूपता हुन् भन्दै राष्ट्राध्यक्ष सीले डामाडोल विश्व परिस्थितिको सामना गर्दै चीन र अफ्रिका दुवैले अझ घनिष्टसँग एकताबद्ध भएर सहकार्यलाई सबल पार्नुपर्ने कुरामा जोड दिनुभएको छ।

हालै दक्षिण अफ्रिकी पूर्व वरिष्ठ कुटनीतिज्ञ अर्थात् चच्याङ नर्मल विश्वविद्यालय अन्तर्गत अफ्रिका अनुसन्धान प्रतिष्ठानका मानार्थ प्राध्यापक ग्रोब्लेर लगायतका ५० वटा अफ्रिकी मुलुकका ६३ जना विद्वानले संयुक्त रूपमा राष्ट्राध्यक्ष सीलाई पत्र लेख्दै चीन-अफ्रिका सहकार्य मञ्चको ऐतिहासिक प्रतिफलको उच्च सराहना गर्नुका साथै आयोजना हुन लागेको शिखर सम्मेलनले चीन-अफ्रिका भाग्य एकरूपता स्थापना गर्न र सँगै मिलेर “विश्वव्यापी दक्षिण” आधुनिकीकरणको स्थापना गर्नका लागि नयाँ अध्याय लेख्न सक्ने आशा प्रकट गरेका छन्।

Close
Messenger Pinterest LinkedIn